सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे

Sunday January 12, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताउनुभएको छ । आईतवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसदमार्फत नै सरकारले विधेयकका कामहरु अगाडि नबढाए बिरोध गर्ने बताउनु हो । उहाँले अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताउनु भयो । उहाँले संसदको हिउँदे अधिवेशन छिटो संचालन गर्न माग समेत गर्नुभयो । उहाँले काँग्रेस–एमाले समिकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाउनु भयो । उहाँले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरु ल्याएर संसदमा राख्ने पनि बताउनु भयो । माओवादी केन्द्र सरकार ताकेर नबसेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
पाण्डेले भन्नुभयो, ‘अहिले धेरै विधेयकहरु पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरुमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौं । तर सरकार जसरि अध्यायदेशबाट विधेयकहरु ल्याइरहेको छ यो बेठिक छ । यसले ठिक ढंगले जनताका आवाजहरुको सम्बोधन गर्न सक्दैन । त्यसकारणले छिटोभन्दा छिटो संसद बोलाउनुपर्छ । संसदमै बसेर सरकारले विधेयकहरु प्रश्तुत गरेर विधेयकका कामलाई तिब्रताका साथ अगाडि बढाउनुपर्छ । संसदलाई यसरि छल्ने कुरा सरकारका लागि बेठिक छ । हामीले यसको विरोध गरेका छौं । यो सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न सकेको छैन । हाम्रो अहिले सरकार बनाउने प्राथमिकता होइन । अहिले हाम्रो अभियानको रुपमा जनतासँग जाने कुरामा जोड छ । छिटो संसद चलाउनुपर्छ । संसदमा हामी जनताका कुराहरुलाई उठाउँछौं ।’

नेकपा (माओवादी केन्द्र सरकारतिर नभई जनतातिर जान चाहिरहेको उहाँको भनाइ छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना