सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी छ : अध्यक्ष ओली

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताएका छन् ।

गृहनगर दमकमा आज  कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न निमल्ने बताए ।

उनले ‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राखे । उनले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको दाबी गरे ।

कोशी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो हुने भन्दै उनले जातीयताका नाममा विवाद गर्न नहुने बताए ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना