सप्ताहव्यापी श्रीरामजानकी विवाहपञ्चमी महोत्सव विधिवत रुपमा शुरु

Sunday December 1, 2024

पढ्न लाग्ने समय :


सप्ताहव्यापी श्रीरामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत रुपमा शुरु भएको छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज ‘नगरदर्शन’ विधि भएको हो । नगरदर्शनमा राम–लक्ष्मणको प्रतीकको रुपमा एक जोडी बालकलाई जानकी मन्दिरको प्राङ्गणमै घुमाउने परम्परा रहेको छ । त्रेतायुगमा श्रीराम र लक्ष्मण गुरु विश्वामित्रसँग मिथिलाधाम घुम्न आउँदा नगर भ्रमण गरेको स्मरणमा नगरदर्शन गरिने गरिन्छ ।

त्रेता युगमा राम र लक्ष्मण मिथिला आएर नगरदर्शन गरेको तथा मिथिलावासीले राम लक्ष्मणलाई फूल छर्केर स्वागत गरेको मान्यता अनुसार नगरवासीले स्वागत गर्ने परम्पराअनुसार ‘नगरदर्शन’ गराइन्छ । सात दिवसीय विवाहपञ्चमी महोत्सव अन्तर्गत नगरदर्शनका अतिरिक्त फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र राम कलेवा गर्ने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको