सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।

पुनरावेदनको रुपमा पाटन उच्च अदालतमा पेशी रहेको उक्त मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । उक्त मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सो मुद्दा भोलि सोही इजलासमा सुनुवाइ हुनेछ । भोलि नै फैसला आउने बताइएको छ ।

उक्त मुद्दामा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रामनारायण बिडारी र रमण श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए । उनीहरुले दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामाथि प्रश्न उठाएका छन् । प्रमाणविना नै सन्दीपलाई दोषी ठहर गरिएको वरिष्ठ अधिवक्ताहरुको जिकिर छ । सन्दीपलाई उक्त मुद्दामा सफाइ दिनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै, पीडित गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीहरुले पनि बहस गरे ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना