सन्दीपविरुद्धको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममितिसहितको कागजात झिकाउने आदेश दिएक हुन् ।

कतिपय कागजातमा पीडित किशोरीको र उनकी आमाको उमेर अमिल्दो देखिएका कारण यसबारे स्पष्ट हुन अदालतले आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो ।

बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर २०५३ साल भएको पाइएपछि एकिन गर्न आदेश दिएका हुन् । उक्त विवरणमा पीडित भनिएकी किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ ।

उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न न्यायाधीश खतिवडाले आदेश दिएका सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना