सन्दिपविरुद्धको बलात्कार मुद्दामा गौशला–२६ को तर्फबाट पनि पुनरावेदन

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशला–२६ को तर्फबाट पनि उच्च अदालत पाटनमा पुनरावेदन परेको छ । उक्त मुद्दामा सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने मागदाबीसहित सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन गरेको हो ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बालात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

जिल्ला अदालत काठमाडौंको उक्त फैसला उल्ट्याइ आफूलाई सफाइ दिन माग गर्दै सन्दीपले पुनरावेदन गरिसकेका छन् । जिल्ला अदालतको फैसलाविरुद्ध वादी/प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको हो ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको