सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

Thursday November 21, 2024

पढ्न लाग्ने समय :


काठमाडौं उपत्यकाका सडक र खोला किनारका नागरिकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् । बिहीवार भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको आयोजनामा बिरोध प्रदर्शन भएको हो । काठमाडौंको माईतीघरमा भेला भइ उनीहरुले विभिन्न नाराबाजी गरिरहेका छन् ।

उनीहरुले जनताको पीडामा सरोकार नराख्ने सरकार चाहिँदैन, फैसला हाइन न्याय गर, मापदण्डका नाममा जनतालाई उठिवास गर्न पाइँदैन,खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता बिस्थापित गर्न पाइँदैन, खबरदार, मापदण्डको नाममा हाम्रो भूमि लुट्न बन्द गर्, सडक तथा खोलाको मापदड खारेज गर्, निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर् लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना