संसद सेवालाई प्रभावकारी बनाउन सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरीः सभामुख

Friday December 13, 2024

पढ्न लाग्ने समय :


प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउनका लागि संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुको व्यवहारिक, प्राज्ञिक र दार्शनिक ज्ञान अभिवृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले विश्वव्यापी रुपमा देखापरेका चुनौतिहरुको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरुको वृद्धि विकास मात्र नभई रचनात्मक ढंगबाट परिचालन गर्न जरुरी रहेको बताउनु भयो । संघीय संसदको प्रभावकारीताको विषयमा विगतबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले देशको राजनीतिक, आर्थिक र सामाजिक स्थितिको सापेक्षता समस्याको मागहरु गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभभयो,‘संसद सेवा प्रभावकारी बनाउनका लागि हाम्रा चुनौतिहरु पनि प्रसश्त रहेका छन् । ति चुनौतिहरुको सामना गर्नको लागि मुख्य गरिकन कर्मचारीभन्दा विशिष्टकृत ढंगबाट हामीले गर्नुपर्ने अनन्त कामहरु छन् । त्यका लागि हामीले कर्मचारीहरुको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ । चाहे प्राज्ञिक क्षमता होस् वा दार्शनिक क्षमताको कुरा होस् कि व्यवहारिक क्षमताको कुरा होस् । विश्वव्यापी रुपमा देखापरेका चुनौतिहरुको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरुको वृद्धि विकास मात्रै होइन, शैक्षिक योग्यताको विकास गर्ने, यस क्षेत्रको अनुसन्धानात्मक ढंगबाट कामहरु गर्ने र यहाँ काम गरेबापत् उनीहरुले अरु कर्मचारीको तुलनामा अनुसन्धात्मक कामहरु गर्नेबारे हामीले सोच्न सकेका छैनौं । यी समस्याको मागहरु गरिरहँदा हामी राष्ट्रियताको सापेक्षतामै गर्छौं । देशको राजनीतिक स्थिति, देशको आर्थिक स्थिति, देशको सामाजिक स्थितिको सापेक्षतामा गर्छौं । तर त्यो सापेक्षतामा पनि हामी ध्यान आत्कृष्ट गर्न सकिरहेका छैनौं ।’

संसद जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने ठाउँ भएकाले मुलुकका विद्यमान समस्या समाधान गर्नको लागि संसद सचिवालयको प्रयत्न प्रभावकारी हुनुपर्ने उहाँको भनाइ छ । वि.सं. २०५८ मा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि