संसद् बैठकअघि एमालेले बोलायो संसदीय दलको बैठक

Friday May 10, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसदको बर्षे अधिवेशनमा सांसदहरुले खेल्ने भुमिकाबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रमुख सचेतक बर्तौलाका अनुसार शुक्रबार साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरुले संसदमा खेल्नुपर्ने भुमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको सांसदहरुले बताएका छन् । संसदको बर्षे अधिवेशन आज दिउँसो २ बजे सुरु हुदैछ । बैठकमा दलीय आधारमा नेताहरुलाई बोल्न दिने कार्यसुची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपा सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद अवरोध गर्ने चेतावनी दिदै आएको छ ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको