संसदीय समितिको बैठकमा सांसदहरु नआएपछि बैठक सञ्चालनमा समस्या

Sunday January 12, 2025

पढ्न लाग्ने समय :


प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिका सभापति सन्तोष चालिसेले समिति बैठकमा गणपूरक संख्या नपुग्दा अफ्ठ्यारो परेको गुनासो गर्नुभएको छ । आईतवार सिंहदरबारमा बसेको अर्थसमिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरुसँगको छलफलमा समयमा सांसदहरु उपस्थित नहुँदा १५ मिनेटका लागि बैठक स्थिगित गरेर दोस्रो बैठक बसेको हो । बैठकपछि सांसदहरुसँग गुनासो गर्दै अर्थसमितिमा आएका विधेयकहरुको जिम्मा सभापतिको मात्रै नभएको भन्दै सबै सदस्यहरुको दायित्व भएको स्मरण गराउनु भयो । उहाँले चार दिनअघि बैठकको जानकारी दिँदा पनि एक तिहाई सांसद पनि बैठकमा उपस्थित नहुँदा बैठक सञ्चालनमा समस्या भएको गुनासो गर्नुभयो । उहाँले समयमा सांसदहरु बैठकमा जानकारी गराउने विषयमा सबै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘अर्थसमिति बैठक राख्दा कहिल्यै पनि गणपूरक सख्या नपुग्ने अवस्था सिर्जना भएको छ । सबै पार्टीको केन्द्रिय कमिटी बैठक भएकाले समिति बैठक रोकेर राख्यौं । चार दिनअघि बैठक बोलाउँदा पनि एक तिहाई पनि संसद बैठकमा उपस्थिति नहुने अवस्था सिर्जना भयो । सभापतिले मात्रै समितिको जिम्मा लिनु पर्ने हो की ? समितिमा रहेका विधेयकको विषयमा समिति सदस्यहरुको जिम्मेवारीभित्र नभएको जस्तो हो की मत अफ्ठ्यारो अवस्थामा छु । सबै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्ने पक्षमा छु ।’ 

उहाँले समितिमा अहिलेसम्म ५८ भन्दा बढी उजुरी परेको बताउनु भयो । उहाँले समितिले उजुरीको विषयमा उपसमिति बनाएर काम गर्नेगरी अघि बढेको बताउनु भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि