संसदलाई ‘हाइज्याक’ गरियो, सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन : रवि लामिछाने

Monday August 14, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

संसद भवनबाट बाहिरिने क्रममा सभापति लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै सदन कब्जा गर्न खोजेको आरोप लगाए । उनले सभामुखबाट आफूहरूले यस्तो अपेक्षा नगरेको बताए।

उनले पूर्वयोजनाअनुसार संसद चलेको प्रत्याभूति भएको बताए । उनले भने, ‘मिलीजुली संसदलाई बन्दी बनाएजस्तो बोल्न चाहेका मान्छेलाई बोल्न दिने, आफूले सुन्न चाहेका मान्छेको कुरा सुनिसकेपछि अब बन्द गर भनेजस्तै कोठामा योजना बनाएको जस्तो संसदमा देखियो। त यसो गर्नू, म यसो गर्छु, यसो यसो गरेर यसौं गरौं भन्ने गन्ध आयो । हामीले हाम्रा कुराहरू राख्नुपर्ने थियो। यसअघि हामीले शान्त ढंगले विरोध गर्दै आएका थियौं। प्रक्रियामा सदन चल्न दिउँ भन्यौं। हामीले लिखितरूपमा पनि भन्यौं। सदन नचलेको दिन तलब भत्ता पनि नलिऔं भन्यौं। तर यसलाई कमजोरीको रूपमा लिइयो ।’

उनले संसदको गैरजिम्मेवारले यो प्रणालीप्रतिको जनविश्वास डगमगाउने अवस्था आएको बताए । उनले सभामुख र संसद सचिवालय मिलेर संसदको हाइज्याक गरेको बताए।

उनले भने, ‘प्रमुख प्रतिपक्षी दलपछि अर्को अर्को दलले बोल्थ्यो होला। हामी पनि बोल्थ्यौं होला। खैर बीचमा सत्तापक्षले बोल्यो । त्यसपछि प्रतिपक्षीतिर आइसकेपछि हामीले बोल्न पाउनुपर्थ्यो। तर संसदलाई ’हाइज्याक’ गरियो। सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन ।’


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको