संसदमा बोल्न पाउनुपर्ने गृहमन्त्रीको अडान कायमै

Monday May 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले आफुमाथि लागेका आरोपमा बारेमा आफूले बोल्न पाउनुपर्ने अडान कायमै राखेका छन्।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओलीसँगको छलफलका क्रममा लामिछानले कांग्रेसले सहकारी प्रकरणमा आफूमाथि लगातार आरोप लगाएकाले आफूले संसदबाट त्यसको जवाफ दिन पाउनुपर्ने अडान राखेका हुन्।

बैठकमा कांग्रेसले संसदीय छानबिन समिति माग गरेको अवस्थामा मंगलबारको बैठक कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको थियो। छलफलका क्रममा लामिछानले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विरोध गरे आफूले पनि बोल्न पाउनुपर्ने अडान राख्ने बताए।

छलफलपछि लामिछानेले आफूमाथि निरन्तर आरोप लागेपछि एकपल्ट जवाफ दिन पाउनुपर्ने बताए। सदनमा जवाफ दिन पाउने आफ्नो अधिकार भएकाले कसैले खोस्न नमिल्ने उनको भनाइ छ। लामिछानले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन कांग्रेसले संयम अपनाउनुपर्ने सुझाव दिए।

छलफलका क्रममा प्रधानमन्त्रीले सदनलाई सहज रुपमा अघि बढाउन कांग्रेससँग छलफल गर्ने बताएका थिए।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना