संविधान संशोधन गर्ने समय भएको छैनः पूर्वप्रधानन्यायाधीश कार्की

Saturday December 14, 2024

पढ्न लाग्ने समय :


पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताउनु भयो । उहाँले संविधान संशोधनको बेला नभइ उपयोगको बेला भएको बताउनु भयो । अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनैपनि संविधानले देश विकास गर्न नसक्ने बताउनु भयो । उहाँले वर्तमान संविधानमा भाषा नमिलेको देखिएपनि शुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताउनु भयो । शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको संशोधन नहुने भन्ने होइन, संविधानको संशोधन हुनुपर्छ । तर मेरो विचारमा भर्खर ९ वर्ष भएको छ । जब अरु मुलुकमा सयौँ वर्षसम्म संशोधन हुँदैन भने यसको राम्रो प्रयोग नभइकन, उपयोग नभइकन संशोधन हुनुपर्ने आवाज आइरहेको छ । त्यो हुनु हुँदैन । यो संविधानलाई खराब भन्न मिल्दैन, यो नराम्रो भन्नु जनतालाई गाली गर्नु हो । नेपालको सम्पूर्ण जनताको ६ सय प्रतिनिधिहरुले बसेर छलफल गरेर सबै तप्काका मानिस, राजनीतिज्ञ, अन्य प्रतिनिधित्व गर्ने वर्गका सबै भेला भएर बनाएको हो । हालाकी हामी कानून पढेका मान्छेहरुले हेर्दा यो संविधानमा भाषा मिलेको देखिँदैन । क्रमवद्धमा फरक छ । शुरुदेखि अन्त्यसम्म कुरा पुगेको छ ।’

पूर्वन्यायाधीश कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताउनु भयो । उहाँले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको बताउनु भयो । उहाँले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानव अधिकारको उल्लंघन भएको बताउनु भयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ