संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गर्छौँः सांसद भट्टराई

Monday February 10, 2025

पढ्न लाग्ने समय :


नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गरिने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई दलीय कार्यदललले संविधान संशोधनका एजेण्डा तय गर्ने बताउनु भयो ।

उहाँले कार्यदलले तय गरेका एजेण्डाहरुमा संसदमा रहेका सबै पार्टीहरुलाई सहमत हुनेगरी अगाडि बढाइने बताउनु भयो । संविधान निर्माणमा महत्वपूर्ण भुमिका खेलेका सबै दलहरुसँग छलफल र सहमति गरेरमात्र संविधान संशोधन गरिने बताउनु भयो । उहाँले काँगेस र एमाले संविधानको रक्षा गर्दै संशोधनयोग्य कुरामा सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले सहमतिको दोस्रो बुँदामा नै संविधानको पुनरावलोकन गर्दै आवश्यकता अनुसार संविधान संशोधन गर्ने भनेको छ । संविधान संशोधन संवैधानिक बाटोबाट हुन्छ । दुईटा पार्टीको बीचमा एजेण्डाहरु तय हुन्छन् । त्यसका लागि कार्यदलले काम गर्छ । र ति एजेण्डाहरुमा संसदमा भएका सबै दलहरुसँग हामी छलफल गर्छौं । छलफलको क्रममा सबैसित सहमति लिने हामी कोशिस गर्छौं । संविधान निर्माणमा मुलतः माओवादी केन्द्र, एमाले र काँग्रेसको भूमिका छ । मधेशकेन्द्रीत दलहरुको पनि भूमिका छ । अहिले संविधानको सर्व स्विकार्यता पनि बढेको छ । यो संविधानप्रति हाम्रो लगाव छ । संविधानका कतिपय प्रावधानहरु संशोधन योग्य छन् । त्यसलाई हामी संशोधन गर्नको लागि यही संसदमा ल्याउँछौं ।’
उहाँले जसपा, नेपाललले अध्यादेशको समर्थन गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो । केही दिनमै अध्यादेशहरु संसदबाट बहुमतले पास हुने उहाँको दाबी छ ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको