संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलो भयो, समितिहरुमा गुणात्मक उपस्थिति बढाऔँः महामन्त्री शर्मा

Thursday January 23, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानूनहरु बन्न नसकेको बताउँदै संसदीय समितिहरुले गुणत्मक रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलाई भइरहेको बताउनुभएको हो ।

उहाँले बन्न बाँकी कानूनहरु बनाउन संसदीय समितिहरुले उपसमिति गठन गरेर कानूनी अभ्यास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले समितिमा सांसदहरुको उपस्थिति संख्यात्मकभन्दा गुणात्मक बनाउन उपसमितिमार्फत काम गर्न उहाँले सुझाव दिनुभयो । उहाँले संघीय निजामति विधेयकलाई जनमुखी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले मुस्कानसहितको सेवा नभई सेवाग्राही मुस्कुराउने गरी सेवा प्रवाह हुने गरी विधेयक ल्याउनु पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानपछि बन्नुपर्ने धेरै कानूनहरु अहिले पनि प्रतिक्षारत छन् । ढिलो भइरहेको छ । हामीले गर्न सकेनौं भन्ने सन्दर्भमा नागरिकपंक्तिमा प्रश्न पनि छन् । त्यसलाई दृष्टिगत गर्दै यसलाई छिटो छरितो बनाउने सन्दर्भमा उपसमितिमार्फत थप एक्सरसाइज गरौं । त्यो भयो भने हामीले बैठक शुरु हुने बेलामा अब दुई जनामात्र आएपछि कोरम पुग्छ भन्ने अवस्थाबाट मुक्त हुन्छौं । समितिमा सांसदहरुको उपस्थिति संख्यात्मक भन्दा पनि गुणत्मक बनाउनका लागि हामीले उपसमितिहरु गठन गरेर काम कारहबाही गर्न मेरो सुझाव छ । संख्यात्मक परिस्थितिको हिसाव किताव निकाल्दा परिणाम कम निक्लिएला । हामीले उपसमितिद्वारा काम गर्नसक्यौं भने हाम्रो उपस्थिति पनि बलियो र परिणाममुखि काम गर्न पनि सजिलो हुन्छ । यसतर्फ म सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । विधेयकका सन्दर्भमा सुशासनमुखी शब्दप्रति मेरो ध्यानाकषर्एण भएको छ । हामीले भन्दै आएको मुस्कानसहितको सेवाले सेवाग्राहीसँग नम्र व्यवहार गर्ने भनेको हो नि । तर सेवाग्राहीलाई मुस्कान दिएर हुदैन, आज त हुदैन भनेर त काम बन्दैन । अब मुस्कानसहितको सेवा भनाई जनतामा मुस्कान आउने सेवा चाहियो ।’

संसदीय समितिहरु कोरम पु¥याउने कुरामा अल्झिदा परिणाममुखी काम नभएको उहाँको भनाइ छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि