संगठनलाई व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक ल्याइएको होः गृहमन्त्री लेखक

Sunday February 9, 2025

पढ्न लाग्ने समय :


गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक ल्याइएको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकमा विरोधको सूचनाउपर जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । प्रहरी संगठनको व्यवस्थापनको लागि गहिरो अधययन र छलफल गरी परिपक्व ढंगबाट विधेयक ल्याइएको उहाँको भनाइ छ ।

उहाँले विधेयक नेपाल प्रहरी सेवालाई संविधान, प्रचलित कानून तथा मानव अधिकारप्रति प्रतिवद्ध, व्यवसायिक र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती, सुरक्षा तथा सुव्यवस्था कायम गर्न र उपराधको अनुसन्धान गर्नको लागि नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न वाञ्छनिय भएको बताउनु भएको बताउनु भयो । विधेयकमा भएका त्रुटिहरुलाई संसदबाट परिमार्जन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले अब पनि हतार भयो भन्दै कानून बनाउन ढिलाई गर्न नहुने बताउनु भयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘यो विधेयक परिपक्व ढंगले गम्भिर रुपले छलफल गरेर सोचविचार गरेर समयसापेक्ष रुपले आएको हो । माननीयज्युले अपराधको अनुसन्धान गर्ने कुरा प्रश्तावनाबाटै हरायो भन्नुभयो । नेपाल प्रहरी सेवालाई नेपालको संविधान, प्रचलित कानून तथा मानव अधिकारप्रति प्रतिवद्ध, व्यवसायिक र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती, सुरक्षा तथा सुव्यवस्था कायम गर्न र उपराधको अनुसन्धान गर्नको लागि नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न वाञ्छनिय भएकोले भनेर प्रश्तावना गरिएको छ । नेपाल प्रहरी सम्बन्धी ऐन २०१२ सालमा जारी भयो । हामीले अहिलेसम्म हरु कुनै कानून बनाएनौं । अदालतले आदेश गरेको पनि ११ वर्ष भइसकेकोले हतार र सुविचारिक छैन भन्न मिल्दैन । यो आजको आवश्यकता हो । समयसापेक्षता हो । थप परिमार्जन गर्ने कुरा संदनबाट हुन्छ । यसमा सदनले गरेको परिमार्जन गर्न स्वीकार गर्न सरकार तयार छ । सुधार गर्नुपर्ने कुराहरु गर्न सकिन्छ । तर छलफल भएको छैन भन्ने कुरा एकदम गलत हो । मैले मन्त्रालय सम्हालेकै दिन एउटा घोषणा गरेको थिए । मेरो प्राथमिकता भनेको नीति र कानून सुधार हो । त्यसअन्तर्गत यो विधेयक पनि पर्छ ।’
सरकारको पहिलो प्राथमिकता नीति र कानूनमा सुधार रहेको उहाँको दाबी छ ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली