श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा

Monday May 13, 2024

पढ्न लाग्ने समय :


कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा दिएक छन् । उनले मन्त्री विजयदास राजापक्षेलाई आफ्नो स्थानमा नियुक्त गरेका छन् ।

सिरिसेनाको नेतृत्वमा रहेको एसएलएफपी गुटले आइतबार कोट्टेको एक होटलमा उनलाई भेटेपछि यो नियुक्ति गरिएको हो । मतदानपछि राजापक्षेलाई पार्टीको नयाँ अध्यक्षमा नियुक्त गरिएको थियो ।

यसै क्रममा वकिल कीर्ति उदावत्तेलाई पनि एसएलएफपीको कार्यवाहक महासचिवमा नियुक्त गरिएको छ । यद्यपि पूर्वराष्ट्रपति चन्द्रिका कुमारतुङ्गाको नेतृत्वमा रहेको एसएलएफपी गुटले नियुक्तिलाई मान्यता नदिएको बताएको छ ।

कोलम्बो गजेटका अनुसार पार्टीका सांसद दुमिन्दा दिसानायकले सिरिसेनाले गरेको नियुक्ति ‘अवैध’ भएको बताएका छन् ।


भर्खर

धनगढीे हाफ म्याराथनः सेनाका धावक रावत प्रथम

धनगढीः जेसीआई धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। २१.१ किलोमिटर हाफ

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून