श्रीलंकामा संसदीय निर्वाचनको मतदान सकियो

Friday November 15, 2024

पढ्न लाग्ने समय :


श्रीलंकाको संसदीय निर्वाचनको मतदान शुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको छ । बिहीवार बिहान ७ बजेदेखि शुरु भएको मतदानमा ८ हजार भन्दा बढी उम्मेदवारहरू चुनाव लडिरहेका छन् । जसमा १ करोड ७० लाखभन्दा बढी योग्य मतदाता सहभागी रहेका छन् । श्रीलंकाको संसदमा २२५ सिटहरू छन् । जसमा बहुमतको सरकार बनाउन ११३ सिट आवश्यक छ ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) र उहाँका राजनीतिक प्रतिद्वन्दी दुवैका लागि यो निर्वाचन महत्वपूर्ण मानिएको छ । दिसानायकेले श्रीलंकाको लागि परिवर्तनकारी एजेण्डाको वाचा गर्नुभएको छ । जसलाई आफ्नो लक्ष्यहरू अगाडि बढाउनको लागि ठोस संसदीय बहुमत चाहिन्छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना