श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई शुरु

Wednesday December 11, 2024

पढ्न लाग्ने समय :


श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई शुरु भएको छ । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गरेको हो । सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रश्तावित राजदुत नेपालीको संसदीय प्रक्रिया शुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रश्तावित राजदुतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । उहाँले साथै प्रश्तावित राजदुत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताउनु भयो ।

नेपालको संविधानबमोजिम सङ्घीय संसद, संसदीय सुनुवाइ समितिबाट सुनुवाई सम्पन्न भएपश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको