शर्मिला वाइबा धरौटीमा रिहा

Monday March 25, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । कलाकार पवन खतिवडामाथि कुटपिटको आरोपमा प्रक्राउ परेकी शर्माला वाइबा धरौटीमा रिहा भएकी छन् ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार युटुबमा विभिन्न फन्डा गर्दै चर्चित बनेकी वाइबालाई ३५ हजार धरौटीमा रिहा गर्न अनुमति दिएको हो ।

अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीकाअनुसार उनलाई कुटपिट र अंगभंग शीर्षकमा सो रकम बराबरको धरौटी तोकिएको हो ।

महानगरीय प्रहरी वृत महाराजगन्जका डीएसपी अमर थापाका अनुसार वाइबा आजै रिहा भएकी छन् । अनुसन्धानका लागि उनीमाथि सात पटक म्याद थप गरिएको थियो । उनले २६ दिनको हिरासत बिताइन् ।

कलाकार खतिवडाले वाइबाविरुद्ध उजुरी दिएपछि फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरिएको थियो ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको