वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

Saturday May 16, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै आएको भजन–कीर्तन तथा आरती कार्यक्रमका लागि विभिन्न साङ्गीतिक सामग्री हस्तान्तरण गरेका छनर।

“हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ” अभियान अन्तर्गत वैद्यनाथ क्षेत्र पुगेका नगर प्रमुख हमालले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप प्रभावकारी बनाउन हार्मोनियम, तबला, मादल, खैँजडी, ढोलक लगायतका सामग्री सहयोगस्वरूप प्रदान गरेका हुन ।

नगर प्रमुख हमालले सामाजिक सञ्जाल मार्फत वैद्यनाथ क्षेत्रमा सञ्चालन भइरहेका धार्मिक कार्यक्रमबारे जानकारी पाएपछि सामग्री गरेको बताए । उनले धार्मिक सम्पदाको संरक्षणसँगै स्थानीय संस्कृति, कला र मौलिक परम्पराको प्रवर्धन गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे ।

उनले वैद्यनाथ क्षेत्र धार्मिक आस्था, संस्कृति र पर्यटनको दृष्टिले महत्वपूर्ण स्थल भएकाले यस्ता गतिविधिले क्षेत्रको पहिचान थप उजागर हुने विश्वास व्यक्त गरे । साथै, उनले स्थानीयले सञ्चालन गरिरहेका धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनको लागि सुझाव दिए ।

यस अवसरमा वैद्यनाथ वेद विद्याश्रमका प्रार्चाय देवराज उपाध्यायले नगर प्रमुख हमाल प्रति धन्यवाद व्यक्त गर्दै सहयोगले दैनिक भजन–कीर्तन तथा आरती कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मद्‍दत पुग्ने बताए ।

प्राचार्य उपाध्यायले धार्मिक कार्यक्रम मार्फत स्थानीय कला, संस्कृति र मौलिक बाजागाजाको संरक्षणमा समेत टेवा पुग्ने उल्लेख गरे । उनले युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्न यस्ता सहयोग महत्वपूर्ण हुने धारणा राखेका छन ।

 


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते