वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिने

Thursday January 23, 2025

पढ्न लाग्ने समय :


सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो कुराको जानकारी गराउनुभएको हो । उहाँले वैदेशिक रोजगारीको व्यवस्थापनको लागि सरकार लागिपरेको बतानउनुभएको हो । उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगिने  क्रम बढिरहेको उल्लेख गर्दै यसको न्युनिकरणका लागि सरकार लागि परेको बताउनु भएको हो ।

उहाँले वैदेशिक रोजगारसम्बन्धीका मुद्दाहरु जिल्ला तहको अदालत र स्थानीय प्रशासनले हेर्नेगरी कानून परिमार्जन गर्नुपर्ने बताउनु भयो । उहाँले वैदेशिक रोजगारसम्बन्धी मुद्दा जिल्ला तहले हेर्ने व्यवस्था गर्न सकिएमात्रै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले वैदेशिक रोजगारसम्बन्धी कानून परिमार्जन गर्न खोजिरहेका छौं । वैदेशिक रोजगारमा जाने श्रमिकले ठगिएको अवस्थामा जिल्ला अदालतमा जाने स्थिति भयो भने केही सुधार हुन्छ । अहिले जति पनि मुद्दा सर्वोच्चले हेर्न गर्दा समस्या भएको छ । वैदेशिक रोजगारको क्षेत्रमा भएका समस्याहरु फुकाउने गरी हामी अगाडि बढिरहेका छौं । हामी कहाँ करिव १५ हजार ठगीका उजुरीहरु आएका छन् । यदी यी मुद्दाहरु स्थानीय लेभलमै हामीले लिएर गएर स्थानीय तहले समाधान गर्छ भनेदेखि यो समस्याको समाधान हुन्छ । जो जहाँ भएपनि यो हाम्रो साँझा समस्या हो । यस समस्याको जग समातेर हामीले समाधान गर्न सकेनौं भने भोलि हामी झनै धेरै समस्यामा पर्छौं । वैदेशिक रोजगार हामीले चाहेर पनि रोक्न सकिँदैन व्यवस्थित गर्नेकुरा गर्नुपर्छ । व्यवस्थित गर्नको लागि हामी लागि परेका छौं ।’

उहाँले सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने नीति लिएको पनि बताउनु भयो । उहाँले वैदेशिक रोजगमा जाँदा लाग्ने लागको टुंगो लगाउनसके उक्त कार्यक्रम कार्यान्वयन गर्न सकिने बताउनु भयो ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली