वीरगन्जमा ट्रान्सपोर्टमा छापा मार्न गएको सशस्त्रको टोलीमाथि आक्रमण

Monday February 9, 2026

पढ्न लाग्ने समय :


वीरगन्ज : वीरगन्ज महानगरपालिका– १०, आदर्शनगरको ट्रान्सपोर्ट एरियामा छापामारी गर्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको छ।

सोमवार बिहान उक्त क्षेत्रमा गएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार भन्सार कार्यालयको संयुक्त टोलीलाई उनीहरूले आक्रमण गरेका थिए।

आक्रमणबाट दुईवटा गाडीको सिसा फुटेको छ भने तीनजना सशस्त्र प्रहरी सामान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले जनाएको छ।

कपडा नियन्त्रणमा लिएपछि तस्कर समूहको ढुंगामुढाबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीले जानकारी दिए।

आक्रमणमा परेर सशस्त्र प्रहरी सहायक निरीक्षक महमद मुस्ताक अली, सहायक हवल्दार जितेन्द्रप्रसाद सहनी र सहायक हवल्दार जितेन्द्र पासवान सामान्य घाइते भएका छन्।

कपडा व्यापारी मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा नियन्त्रणमा लिने क्रममा झडप भएको उनले बताए। उनका अनुसार अवैध रूपमा भण्डार गरी राखेको सात लाख मूल्यबराबरको कपडा बरामद गरिएको छ।

 


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती