विश्वकप छनोट फुटबल : नेपालले बहराइनसँग खेल्दै

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने नेपाल र बहराइनवीचको खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि सुरु हुनेछ ।

विश्वकप छनोटको सम्भावनालाई कायमै राख्न नेपालसामु आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेलमा नेपाल पराजित भएमा विश्वकप र एसिया छनोट खेल्नबाट बाहिरिनेछ । नेपाल पहिलो चरणको खेलमा लाओसलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो चरणको खेलमा नेपालले जित हासिल गर्न सकेको छैन । दोस्रो चरणअन्तर्गत नेपालले तीनवटै खेलमा पराजय भोगेको थियो । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पहिलो खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

त्यसैगरी घरेलु मैदानमा भएको यमन विरुद्धको दोस्रो खेलमा नेपाल २–० गोलअन्तरले पराजित भएको थियो । यही चैत ८ गते भएको दोस्रो चरणअन्तर्गतको तेस्रो खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।

दोस्रो चरणमा नेपाल समूह ‘एच’मा रहेको छ । नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन् । तीन खेलमा तीनवटैमा जित हासिल गर्दै युएई नौ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान तीन खेल खेलेको बहराइन दुई खेलमा जित हासिल गर्दै ६ अङ्कका साथ दोस्रो स्थानमा छ । त्यसैगरी तीन खेलमा तीन अङ्क बटुल्दै यमन तेस्रो स्थानमा छ । समान तीन खेल नै खेलको नेपाल तीनै खेलमा हार बेहोरर्दै अङ्कविहिन छ ।

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन् । त्यसैगरी डिफेन्डरमा अभिषेख लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, शनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन् ।

त्यस्तै मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, समिर तामाङ, सञ्जिव विष्ट, हिसुब थपलिया र जिलेस्पीजङ्ग कार्की छन् ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको