विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

Wednesday December 4, 2024

पढ्न लाग्ने समय :


जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको हो । रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए ।

मन्दिर पुग्नुपूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो । चुनरीसहित परिक्रमा भइरहेको बेला स्थानीयवासी चुनरी माथि फूल वर्षाएका थिए । एकातिर जानकी माता र भगवान रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवकै रौनकता थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताउनु भयो । सो कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतो लगायत विभिन्न राजनीतिकर्मीहरुको पनि सहभागिता रहेको थियो ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको