विराटनगर महानगरले रोजगार मेला आयोजना गर्ने

Tuesday March 12, 2024

पढ्न लाग्ने समय :


विराटनगर। विराटनगर महानगरपालिकाले विभिन्न संघ संस्थाको समन्वयमा युवा रोजगारी अभिवृद्धिका लागि ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्ने भएको छ। आगामी चैत २ र ३ गते स्थानीय वीरेन्द्र सभागृह नजिकै इको फन पार्कमा लाग्ने सो मेलामा ४० वटा पक्ष रहने बताइएको छ।

प्रारम्भमा १५० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवायुवतीले लाभ लिन सकिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले पहिलोपटक महानगरले गर्न लागेको यस किसिमको मेलाबाट विभिन्न संघ संस्था, बैंक, प्रतिष्ठान तथा रोजगारदातालाई कस्तो किसिमको जनशक्ति आवश्यक पर्ने हो त्यसको खोजी गर्न सजिलो भएको भन्दै दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवा प्रत्यक्ष रोजगारदातासँग भेट गर्ने अवसर पनि मेलामा जुट्ने चर्चा गरे।

प्रमुख कोइरालाले ‘हामी सबैको रहर शिक्षित सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ लक्ष्यबमोजिम मेलाले युवाको आवश्यकता र चाहना पूरा गर्ने विश्वास व्यक्त गरे। मेलाबाट उद्योग तथा व्यवसायीले उपलब्ध जनशक्तिबारे एकै ठाउँबाट जानकारी पाउने, बेरोजगार युवाले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्ने, सीपमूलक तालिम तथा रोजगारको अवसरको बारेमा जानकारीप्राप्त गर्नसक्ने, विद्यार्थी तथा युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र नमूना रोजगार सेवा केन्द्रको सेवाको बारेमा जानकारी प्राप्त भई सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ