विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्दैनौँः महामन्त्री थापा

Wednesday February 12, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभुत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताउनुभएको छ ।  बुधवार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभुत मूल्य र मान्यताहरुमा सम्झौता नगरिने बताउनु भयो । उहाँले वर्तमान सरकार नेपाली काँग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको बताउनु भयो । उहाँले सरकार बनाउने कुरामा अरुसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै बाँकी यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने परिस्थिति निर्माण भयो । हामीले गरेको होइन । त्यो आफैं निर्माण भएको हो । अब नेपाली काँग्रेसले के गर्ने हो ? नेपाली काँग्रेससँग एक्लै सरकार चलाउनका निम्ति बहुमत छैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार चलाउनुपर्ने स्थिति छ । हामीले अहिले नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौं । यसको पनि विकल्प खोज्ने भनेर कसैले भन्यो भने विकल्प भनेको के हो ? फेरि अर्को पार्टीसँग मिलेर जानुपर्यो । चलचल गरेर बसिराख्ने ? कि नेपाली काँग्रेस पार्टीले एउटा जिम्मा लिउँ । हामी सबै काँग्रेसको नेतृत्व पंक्तिको एउटै अठोट के हो भने समय खेर नफालौँ । यो तीन वर्षको समयको अधिकतम सदूपयोग गर्ने । यो बीचमा सरकार पनि नबदल्ने हो । हामी आलोपालो सरकार चलाउने गरी अहिले नेकपा एमालेको नेतृत्वमा सरकार अघि बढिरहेको छ । निश्चित समयपछि हाम्रो सभापतिको नेतृत्वमा सरकार जान्छ । हामीले सात बुँदै सहमति गरेका छौं । त्यही सहमतिको आधारमा तीन वर्ष सरकार चलाउँछौं । नेपाली काँग्रेस प्रष्ट क कि यदि नेपाली विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यताहरुका सम्बन्धमा सम्झौता गर्नुपर्छ भन्ने आधारमा आउँछ भने ति कुराहरु नेपाली काँग्रेसका लागि सरकारभन्दा महत्वपूर्ण कुरा हो । यसमा काँग्रेस स्पष्ट छ । विश्वास छ एमाले पनि यसमा स्पष्ट छ ।’

सरकार गठन हुँदाका बखत गरिएको सात बुँदे सहमतिको आधारमा काँग्रेस–एमालेले आलोपालो सरकार चलाउने उहाँको भनाइ छ ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान