वायुसेवा निगममा देखिएका समस्या सुधारका लागि नेपाल वायुसेवा निगम अध्ययन समिति गठन

Thursday January 9, 2025

पढ्न लाग्ने समय :


नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ । बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल हुनुहुन्छ । समितिका निर्णयहरुबारे जानकारी गराउँदै समिति सभापति राजकिशोर यादवले नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिना भित्रमा प्रतिवेदन पेश गर्नेछ । क्यानको बारेमा पनि आगामी बैठकबाट उपसमिति बनाएर जाने सभापति यादवले बताउनु भयो ।

समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै वृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ । विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रहालयहरुको निर्माण कार्यलाई तिब्रता दिइ पर्यटन प्रवद्र्धनमा जोड दिन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवं निकायहरुको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन, पुरातात्विक सम्पदा उत्खननको कार्यलाई नियमित, मितव्ययी र परिणाममुलक बनाइ कार्य सम्पादनमा जोड दिन र भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुको नियमित सञ्चालनका लागि संवद्ध निकायहरुबीच सम्झौता, समन्वय र पहलकदमी लिन पनि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नेपाल वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइ सोको प्रगति समय समयमा समितिमा पेश गर्न र राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अति आवश्यक निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शिघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बजारीकरण योजनासहित राजनीतिक कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
समिति सभापति यादवले भन्नुभयो, ‘संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै वृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउने । 
विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रहालयहरुको निर्माण कार्यलाई तिब्रता दिइ पर्यटन प्रवद्र्धनमा जोड दिने । 
मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवं निकायहरुको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सोको जानकारी समितिलाई उपलब्ध गराउने । 
पुरातात्विक सम्पदा उत्खननको कार्यलाई नियमित, मितव्ययी र परिणाममुलक बनाइ कार्य सम्पादनमा जोड दिने । 
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुको नियमित सञ्चालनका लागि संवद्ध निकायहरुबीच सम्झौता, समन्वय र पहलकदमी लिने । 
नेपाल वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइ सोको प्रगति समय समयमा समितिमा पेश गर्ने ।
राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अति आवश्यक निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शिघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयलाई निर्देशन दिने । 
पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बजारीकरण योजनासहित राजनीतिक कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई उपलब्ध गराउने । 
देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरुको उपयोग, योजना निर्माण गरी यथाशिघ्र कार्यान्वयन गर्ने र सोको जानकारी समितिलाई उपलब्ध गराउने । 
नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न मान्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन समिति निर्माण गर्ने । मान्य छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल । एक महिनाको समय दिएको छ । क्यानको बारेमा पनि उपसमिति बनाएर जानेछौँ ।’

समितिले देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरुको उपयोग, योजना निर्माण गरी यथाशिघ्र कार्यान्वयन गर्ने र सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको