वनको समस्या समाधान गर्न ऐन संशोधनको तयारी, मन्त्रालयद्वारा कार्यदल गठन

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन ऐन संशोधनको तयारी शुरु भइसकेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ठकुरीले ऐन संशोधनको लागि कार्यदल गठन गरिएको बताउनुभएको हो । उहाँले विद्यमान कानूनमा देखिएका जटिलता र वाधाहरु फुकाउने गरी ऐन संशोधन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको बताउनु भयो । उहाँले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र वातावरण संरक्षण ऐन समेत संशोधनको तयारीमा रहेको बताउनु भयो । उहाँले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र वातावरण संरक्षण ऐन संशोधन गर्नको लागि समेत मन्त्रालयले गठन गरेका कार्यदलहरुले काम गरिरहेको बताउनु भयो । उहाँले ऐन संशोधनका क्रममा सरोकारवाला सबैसँग छलफल गरेर हाल रहेका समस्या समाधान हुनेगरी ऐन संशोधन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘हामी सरोकारवाला निकायहरु छुट्टै बसेर एउटा रणनीति बनाउनुपर्छ भन्ने लाग्छ । वन ऐन संशोधन गर्नेकुरा हाम्रो जिम्मामा छ । हामीले ऐन संशोधनका लागि एउटा टिम पनि बनाएका छौं । वन मन्त्रालयका सहसचिवको नेतृत्वमा वन ऐन संशोधनको एउटा कार्यदल बनेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधनका लागि पनि अर्को सहसचिवको नेतृत्वमा कार्यदल बनाएका छौं । वातावरण संरक्षण ऐन संशोधन गर्नको लागि समेत कार्यदल बनेको छ । संशोधनको खाका तयार पार्नको लागि हामीले टिम तयार पारिसकेका छौं । उहाँहरुले सबै सरकारकारवाल निकायहरुसँग छलफल गर्नुुहुुनेछ । अहिलेसम्म वन तथा निकुञ्जहरुमा रहेका समस्या र वाधाहरु फुकाउने गरी ऐन संशोधन गर्ने प्रक्रियामा छौं ।’

उहाँले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाइसेको समेत दाबी गर्नुभयो ।


भर्खर

धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र