लोपोन्मुख ‘नौ बाजा’ सम्मेलन सम्पन्न

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


भक्तपुर । मध्यपुरथिमिमा लोपोन्मुख बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नौ बाजा सम्मेलन गरिएको छ । होलीका अवसरमा आयोजना गरिएको नौ बाजा सम्मेलन आज सम्पन्न भएको हो ।

केन्द्रीय मानन्धर सङ्घले होलीका अवसरमा लोपोन्मुख बाजा संरक्षण अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा मध्यपुरथिमिको क्वलाखु क्षेत्रमा बाजा सम्मेलन आयोजना गरेको थियो । परम्परागत नौ वटा मौलिक बाजा तथा सहायक बाजाका रुपमा विभिन्न जात्रा, पर्व परम्परामा बजाइने भएकाले संरक्षणमा लागिएको सङ्घले जनाएको छ ।

बौद्धमार्गी नेवारहरुले संरक्षण गरेको नौ बाजालाई सिद्धार्थ गौतमबुद्धको तत्कालीन समयमा कपिलवस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास रहेको छ । श्रृङ्गभेरी उपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समयमा लोप हुने अवस्थामा छन् ।

सङ्घले पहिलो पटक नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, पस्ता, नाय्खिं, धिमेचा, बे लगायतका बाजालाई पृथक ताल र बोलमा प्रदर्शन गरेको छ ।

सम्मेलनमा भक्तपुरको साःक्वलान, गोलमढी र तेखाच्व टोल, बनेपाको वांख्यो र क्वसाः दाफा भजन खलः तथा मध्यपुर थिमिको सिवा सायमि खलःले नौ बाजा प्रदर्शन गरिएको थियो । बाजा प्रदर्शनको संयोजक सुरेन्द्र मानन्धर र गजेन्द्र प्रसाद मानन्धरले गरेका थिए ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको