लेबनानमा इजरायली हवाई आक्रमणः ११ जनाको मृत्यु, ११ घाइते

Monday November 18, 2024

पढ्न लाग्ने समय :


दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । एनएनएका अनुसार पूर्वी बालबेक–हर्मेल गभर्नोरेटको खरेबेह गाउँको एक घरमा इजरायली आक्रमणमा एकै परिवारका छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । नबातिह नगरपालिकाका पाँच कर्मचारीहरू पनि नगरपालिकाको गोदामलाई लक्षित गर्ने इजरायली आक्रमणमा मारिएका थिए । इजरायली युद्धक विमान र ड्रोनले दक्षिणी र पूर्वी लेबनानका गाउँ र शहरहरूमा करिब ९० वटा छापा मारेका थिए ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । इजरायलले अक्टोबरको शुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गरेर भूमिगत कारबाही शुरु गरेको थियो । लेबनानी स्वास्थ्य मन्त्रालयकाअनुसार अक्टोबर ८, २०२३ मा युद्ध शुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४५२ पुगेको छ र घाइतेहरूको संख्या १४ हजार ६६४ पुगेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको