लेबनानमा इजरायली हवाई आक्रमणः ११ जनाको मृत्यु, ११ घाइते

Monday November 18, 2024

पढ्न लाग्ने समय :


दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । एनएनएका अनुसार पूर्वी बालबेक–हर्मेल गभर्नोरेटको खरेबेह गाउँको एक घरमा इजरायली आक्रमणमा एकै परिवारका छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । नबातिह नगरपालिकाका पाँच कर्मचारीहरू पनि नगरपालिकाको गोदामलाई लक्षित गर्ने इजरायली आक्रमणमा मारिएका थिए । इजरायली युद्धक विमान र ड्रोनले दक्षिणी र पूर्वी लेबनानका गाउँ र शहरहरूमा करिब ९० वटा छापा मारेका थिए ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । इजरायलले अक्टोबरको शुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गरेर भूमिगत कारबाही शुरु गरेको थियो । लेबनानी स्वास्थ्य मन्त्रालयकाअनुसार अक्टोबर ८, २०२३ मा युद्ध शुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४५२ पुगेको छ र घाइतेहरूको संख्या १४ हजार ६६४ पुगेको छ ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको