लेबनानमा इजरायली हवाई आक्रमण, २० जनाको मृत्यु

Saturday November 23, 2024

पढ्न लाग्ने समय :


दक्षिणी र पूर्वी लेबनानका धेरै शहर र गाउँहरूमा इजरायली हवाई आक्रमणमा २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् । लेबनानी सैन्य स्रोतहरूले इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको १६ गाउँ र शहरहरूमा १९ पटक हवाई आक्रमणहरू गरेका हुन् । पूर्वी लेबनानको चार गाउँ र शहरहरूमा पाँचवटा आक्रमण गरेका छन् । यसैबीच हिजबुल्लाहले एक विज्ञप्तिमा आफ्ना सदस्यहरूले इजरायलको हाइफा नौसेना आधारमा ड्रोन आक्रमण गरेको बताएको छ । यसले दक्षिणी लेबनानमा इजरायली सेनालाई मिसाइल ब्यारेजहरू पनि निशाना बनाएको थियो ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । इजरायलले अक्टोबरको शुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गर्दै भूमिगत कारबाही शुरु गरेको थियो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको