लुटिएका सामान खरिद बिक्री नगर्न प्रहरीको चेतावनी

Friday September 12, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २७ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भदौ जेनजी आन्दोलनका क्रममा लुटिएका सामान खरिद बिक्री नगर्न चेतावनी दिएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका विभिन्न शहरमा भएका सार्वजनिक, सरकारी र निजी सम्पत्तिमाथिको आक्रमण, तोडफोड र आगजनीका क्रममा व्यापक रुपमा लुटपाट र चोरी भएको थियो ।

सिआईबीले जेनजी प्रदर्शनको फाइदा उठाउँदै चोरी भएका सामान किनेको वा लुकाएको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ ।

सिआईबीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक तथा वित्तीय संस्थाहरूमा आगजनी र तोडफोड गर्नुअघि त्यहाँबाट ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, नगद, र अन्य महत्वपूर्ण जिन्सी सामान लुटपाट भएको सूचना प्राप्त भएको जनाएको छ । विज्ञप्तीमा लुटिएका सामग्रीहरू बजारमा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा ब्यूरो र अन्य प्रहरी कार्यालयहरूले अनुसन्धान अगाडि बढाएको उल्लेख छ ।

‘चोरी तथा लुटपाट भएका सामानहरूको खरिद, बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानुनबमोजिम अनुसन्धान गरी कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ ब्यूरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रहरीले त्यस्ता लुटिएका सामानहरू कसैले बिक्री गर्न ल्याएमा वा कसैले खरिद गरेको जानकारी पाएमा तत्काल नजिकको सुरक्षा निकायमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यदि कसैले त्यस्ता सामान फेला पारेमा वा प्राप्त गरेमा नजिकको प्रहरी कार्यालयमा बुझाउनसमेत अनुरोध गरिएको छ ।

प्रदर्शनको अराजक अवस्थाको फाइदा उठाउँदै आपराधिक समूहहरूले विभिन्न स्थानबाट महत्वपूर्ण कागजात र धनमाल लुटेको र तिनलाई सामान्य बजारमा बेच्न खोजिरहेको हुनसक्ने प्रहरीको आशंका छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ