लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडकदेखि सदनसम्म आन्दोलन गर्न बाध्य हुनेछौं : रेशम चौधरी

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। बुधबार सर्वोच्च अदालतले रेशमसहित टीकापुर घटनाको मुद्दाको अन्तिम फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि बिहीबार सामाजिक संजालमार्फत उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनले भनेका छन् ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । अब प्रतिवेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं । सबैकुरा मैले बोल्नैपर्छ भन्ने छैन, अन्तरंग सबै कुराले हामी माथिको व्यबहार पुष्टि गर्छ । हामीले सबैकुरा सह्यौं,सहिराखेका छौं तर कहिलेसम्म सहने ? हाम्रो विशुद्ध राजनीतिमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्नु कदापि राम्रो होइन । हामीले हामी भित्रका गद्दार चिनेका छौं तर मुख खोलेका छैनौं,यसको मतलब यो होइन कि हामी अन्जान छौं । समय आए सबै प्रकारको सामना गरिन्छ ।’


भर्खर

कैलालीमा जंगलभित्र युवतीकाे हत्या

धनगढी :  कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे छ।

कैलाली-५ : साउँदको प्रतिबद्धता पत्र सार्वजनिक

धनगढी : प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउँदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

धनगढीकाे बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने