ललिता निवास प्रकरणमा निर्णयकर्ताहरुलाई सुनपानी छर्किएर जोगाइयो : रवि लामिछाने

Wednesday August 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा निर्णयकर्ताहरुलाई सुनपानी छर्किएर जोगाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएका मालपोतमा गएका कागजपत्र हेरेर पैसा दिएका मानिस र कर्मचारीहरु थुनिएको तर, निर्णयर्तालाई सुन पानी छर्किएर बचाइएको आरोप लगाएका हुन् ।

उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा नम्बरी जग्गा लिएका मालपोलमा गएका कागजपत्र हेरेर पैसा दिएका मानिस र कर्मचारीहरु थुनिए । तर, निर्णयर्तालाई सुन पानी छर्कियो । यही हो सरकारको सुशासन ।’

सभापति लामिछानेले यतिका दिनसम्म संसद किन बन्द भयो ? भन्ने प्रश्न गर्दै जनताको आवाज राख्ने थलो बन्द गरिएकोमा प्रश्न गरेका थिए ।

साथै उनले आर्थिक अवस्था टाँट पल्टिन लागेको मुलुकमा सरकार प्रहरीको सरुवामा आँखा लगाएर बसेको आरोप लगाए ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको