ललिता निवास प्रकरणः दुई आरोपी रिहा, अन्यको पाँच दिन म्याद थप

Wednesday August 16, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यो प्रकरणमा पक्राउ परेकाहरूलाई थुनामा राख्न अनुमति माग्न बुधबार जिल्ला अदालतमा उपस्थित गराएकोमा दुई जनालाई थुनामा राख्न अनुमति नदिएको हो ।

अदालतले मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । उनीहरूलाई उमेर र स्वास्थ्यका कारण थुनामुक्त गर्न अदालतले आदेश दिएको हो । यो प्रकरणमा पक्राउ परेका अन्यहरूलाई भने अदालतले थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

यो प्रकणको अनुसन्धान गरिरहेको सीआईबीले अब अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने छ ।

त्यसपछि सरकारी वकिल कार्यालयले मुद्दा अभियोजन गर्ने छ । सर्वाेच्च अदालतले यो प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । तर सीआईबीले हालसम्म तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छैन । तर तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालसँग भने बयान लिएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको