ललितपुरमा होली खेल्ने क्रममा फाइट हुँदा दुईजनाको मृत्यु

Monday March 25, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार राति ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा सुनसरी घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राई रहेका छन् । पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

ग्याङ फाइटपछि दुई जनाको मृत्यु भइसकेपछि मात्र खबर पाएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार समेत बरामद भएको प्रवक्ता सुवेदीले बताए । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि