रौतहटको गौरमा कफ्र्यु

Saturday February 21, 2026

पढ्न लाग्ने समय :


रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कफ्र्यु आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समिति रौतहटको निर्णय अनुसार शनिबार दिउँसो १ बजे देखि अर्को आदेश नहुन्जेल सम्मको लागि कफ्र्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताए।

पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कफ्र्यु लगाइएको उनले बताए।

कफ्र्यु लगाइएको क्षेत्रमा कुनै व्यक्ति आवत जावत गर्न, भेला गर्न, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रबार साँझ भएको ६ बुँदे सहमति विपरित शनिबार बिहान पुनः दुई समुदायबीच झडप भएसँगै अवस्था तनावग्रस्त भए पछि कफ्र्यु जारी गरिएको हो।
बिहान करिब ९ बजेदेखि ढुङ्गामुढा सुरु भएपछि स्थिति नियन्त्रणमा लिन सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप उग्र रूप लिन थालेपछी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोली घटनास्थलमा खटिएका छन्।

शनिबार गौरको बिभिन्न ठाउँमा भएको झडपमा कैयौँ गाडी जलाइएको छ भने गौर–३ मा रहेको एउटा मस्जिद समेत जलाइएको छ।

शुक्रबार साँझ भएका वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहो¥याइएको थियो।
बिहीबार राती सवगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिद अगाडि अवरोध भएपछि विवाद चर्किएको थियो।


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते