रोकिएन, छाउपडि कुप्रथाका कारण महिलाको ज्यान जाने क्रम

Friday August 29, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी भदौ १३
छाउपडी कुप्रथाका कारण अछाममा पुनः दुई जनाको ज्यान गएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ सेलापानीमा शुक्रबार बिहान माथिबाट खसेको ढुंगा लागेर छाउगोठमा सुतेकी एक बालिका र एक महिलाको मृत्यु भएपछि कति जना महिलाको ज्यान गएपछि छाउपडी कुप्रथा अन्त्य हुनेछ भन्ने बहस चलेको छ ।

शुक्रबार बिहान करिब साढे पाँच बजे माथिबाट खसेको ढुंगा लागेर छाउगोठमा सृतेकी ३५ वर्षीया निम जैशी खनाल र सात वर्षीया कविता भण्डारीले अकालमा ज्यान गुमाएका छन् । दुर्घटनामा ४० बर्षिया रत्ना भण्डारी गम्भीर रुपमा घाइते हुनु भएको छ । यो घटनाले पुनः एक पटक सुदूरपश्चिम र कर्णाली प्रदेशमा अहिले पनि कायम रहेको छाउपडी कुप्रथाले कहिलेसम्म महिलाको ज्यान लिइराख्ने भन्ने प्रश्न उठेको छ ।

गत असारको अन्तिम साता कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ की कमला आउजीले छाउगोठमै सर्पको टोकाईबाट ज्यान गुमाएकी थिइन् । कमलाले अकालमा ज्यान गुमाएपछि कन्चनपुरमा एक पटक फेरि छाउगोठ भत्काउने अभियान सन्चालन गरियो । प्रदेशभरी यो घटनाले तरंग सिर्जना गर्यो । तर, कुनै उपलब्धी भएको पाइएन । अहिले फेरि अछामको पञ्चदेवल बिनायक नगरपालिका सेलापानीमा छाउपडी कुप्रथाका कारण निम र बालिका कविताको अकालमै ज्यान गएको छ ।

वडा नम्बर ८ का अध्यक्ष छत्रबहादुर शाहीका अनुसार निम र रत्ना महिनाबारी भएपछि पाच दिनदेखि घर नजिक खुला आकासमुनि खेतमा पाल टाँगेर सुत्दै आएका थिए । भिरालो जमिनको फेदमा पाल टाङ्गेर सुतेका उनिहरुको माथीबाट खसेको ढुङ्गा लागेको थियो । घटनामा कविता र निमको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते रत्नालाई उपचारको लागि सुर्खेत लगिएको छ । निमका श्रीमानको गत वर्ष मात्रै निधन भएको थियो । निमका देवर बिमल खनालले दाइ वितेको एक वर्ष नपुग्दै छाउ बार्ने कुसंस्कारका कारण भाउजु पनि गुमाउनु परेको पीडा बताउनु भयो । उहाँ भन्नु भयो ,गत वर्ष दाक्षर्् गुमायौ ,यस वर्ष भाउजु । उहाँ थप्नु भयो , हाम्रो तिर छाउ मान्ने चलन अझै कायम छ ।

अछाममा छाउपडी कुप्रथाका कारण अकालमा ज्यान गुमाउनु परेको यो पहिलो घटना भने होईन । घटना भएपछि जुर्मुराउने सामाजिक सञ्जाल र काठमाडौका ठूला होटलहरुमा हुने गोष्ठी र सेमिनारहरुले अहिलेसम्म कुनै प्रभाव दिन सकेका छैनन् । प्रत्यक घटनापछि जनप्रतिनिधी तथा प्रशासन छाउगोठ भत्काउन अग्रसर हुने गरेका छन्, तर छाउगोठ साच्चै नै अन्त्य गर्ने गतिलो पहल अझै भएको छैन । छाउगोठ भत्काउने अभियान पटक पटक चलाएपनि नियन्त्रण नभएको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का अध्यक्ष छत्र बहादुर शाही बताउनु हुन्छ । उहाँले भन्नु भयो, पटक पटक राजनितिक दल , प्रही प्रशासन मिलेर गोठ भत्काउछौ तर पछि बनाई हाल्छन् ।

महिलाहरुका लागि अभिसाप र सभ्य समाजको लागि कलंकका रुपमा रहेको छाउपडी कुप्रथाका कारण कहिलेसम्म महिलाले ज्यान गुमाउनु पर्ने हो ? यो यक्ष प्रश्नको न राज्य, न राजनीतिक दल, न सामाजिक अभियन्ता वा संघसंस्था न अरु कोहीको जवाफ दिन तयार छन् । छाउपडी कुप्रथाका कारण कहिलेसम्म निम, कविता, कमलाहरुले ज्यान गुमाइरहने जवाफ त खोज्नै पर्छ ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती