रूसको आणविक हतियार अमेरिकाकोभन्दा राम्रो भएको पुटिनको दाबी

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई, जल तथा स्थलबाट प्रक्षेपण गरिएको रूसको आणविक हतियार ‘ट्रायड’ अमेरिकाकोभन्दा निकै उन्नत भएको बताएका छन् ।युक्रेनमा दुई वर्षसम्म चलेको आक्रमणका क्रममा आफ्नो आणविक शक्तिलाई बढावा दिएको रूसले गत महिना पश्चिमा देशहरूले द्वन्द्व चर्काएमा आणविक विपत्तिको ‘वास्तविक’ जोखिम रहेको चेतावनी क्रेमलिनले दिएको थियो ।

“हाम्रो आणविक हतियार ट्रायड कुनै पनि अन्य ट्रायडभन्दा बढी आधुनिक छ । वास्तवमा हामी र अमेरिकीहरूसँग मात्र यस्ता हतियारहरू छन् र हामी यसमा धेरै अगाडि बढेका छौं,” पुटिनले सरकारी टिभीलाई दिएको अन्तर्वार्तामा भने ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै पश्चिमा मुलुकहरूले रूसमाथि ‘गैर–जिम्मेवार’ पूर्ण रूपले आणविक हतियार सम्बन्धमा वक्तव्यबाजी गरेको आरोप पुटिनले लगाउँदै आएका छन् । मस्कोसँग पाँच हजारभन्दा बढी आणविक हतियार रहेको अनुमान गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो भण्डार हो ।

पश्चिमी मुलुकहरूले युक्रेनमा उनीहरूका सेना पठाउँदा युद्धभूमिको स्थितिमा कुनै परिवर्तन नआउने उक्त अन्तर्वार्तामा पुटिनले बताएका थिए । उनले भने, “जसरी हतियार आपूर्ति गर्दैमा रूसलाई केही फरक पर्दैन त्यसैगरी विदेशी सैन्य दस्ताहरूले युद्धभूमिको स्थिति परिवर्तन गर्दैन भन्ने मलाई विश्वास छ ।”

युक्रेनले हालैका महिनाहरूमा तोपखानादेखि हवाई प्रतिरक्षासम्मका असङ्ख्य अभावहरूको सामना गरिरहेको छ । अमेरिकी काङ्ग्रेसमा ६० अर्ब डलरको सहायता प्याकेज रोकिएको छ । यसको परिणाम रूसी सेनासँगको लडाईंमा युक्रेन युद्धबाट पछि हटिरहेको छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना