रुवान्डामा मार्बर्ग भाइरसबाट तीन सयभन्दा बढी सङ्क्रमित, आठको मृत्यु

Tuesday October 1, 2024

पढ्न लाग्ने समय :


रुवान्डाभर अत्यधिक सङ्क्रामक मार्बर्ग भाइरस फैलिएको छ । भाइरसले मुलुकभरमा तीन सयभन्दा बढी सङ्क्रमित भएका छन् भने आठ जनाको मृत्यु भएको छ । अल जजिराका अनुसार रुवान्डाले यस भाइरसको प्रकोप घोषणा गरेको छ । भाइरसको हाल कुनै अधिकृत खोप वा उपचार छैन । भाइरसले मुलुकका ३० मध्ये सात जिल्लालाई प्रभावित गरेको छ । रुवान्डाका स्वास्थ्यमन्त्री साबिन एन्सान्जिमानाले भाइरसको फैलावट रोक्न मद्दत गर्न सम्पर्क ट्रेसिङ ९खोजी० र परीक्षण बढाइरहेको जानकारी दिनुभयो । रुवान्डाका अधिकारीहरूले पहिलो पटक मुलुकलाई सङ्क्रमित बनाएको भाइरस रोक्न प्रकोप नियन्त्रण प्रयासलाई तीव्र पारिरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले आफ्नो समर्थन बढाइरहेको र भाइरसको फैलावट रोक्न सहयोग गर्नका लागि रुवान्डाका अधिकारीहरूसँग काम गरिरहेको सङ्गठनका महानिर्देशक महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले सामाजिक सञ्जाल एक्समा बताउनुभयो । डब्लुएचओले तान्जानिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, केन्या र दक्षिण अफ्रिका जस्ता अफ्रिकी मुलुकहरूमा मार्बर्गको प्रकोप देखिएको बताएको छ । रुवान्डास्थित डब्लुएचओको कार्यालयका अनुसार भाइरस नियन्त्रण गर्न आपत्कालीन चिकित्सा आपूर्तिहरू तयार गरिँदैछ । त्यस्तै केन्याको नैरोबीमा रहेको डब्लुएचओको आपत्कालीन प्रतिक्रिया केन्द्रबाट आगामी दिनहरूमा रुवान्डाको राजधानी किगालीमा डेलिभरीका लागि सङ्क्रमण रोकथाम र नियन्त्रण आपूर्तिहरूको खेप तयार गरिँदैछ । जर्मनीको मार्बर्ग र सर्बियाको बेलग्रेडका प्रयोगशालाहरूमा रोकको प्रकोप फैलिएपछि दुर्लभ मार्बर्ग भाइरस पहिलो पटक सन् १९६७ मा पहिचान गरिएको थियो । त्यहाँ बाँदरहरूमा अनुसन्धान गर्दा सम्पर्कमा आएपछि मानिसहरू मरेका थिए । यो भाइरस फलफूल खाने चमेराबाट मानिसहरूमा सर्छ र सङ्क्रमित व्यक्तिहरूको शारीरिक तरल पदार्थ, सतहहरू र सामग्रीहरूको प्रत्यक्ष सम्पर्कबाट मानिसहरूमा फैलिन्छ ।

डब्लुएचओका अनुसार मार्बर्ग भाइरसका लक्षणहरूमा ज्वरो, मांसपेशीमा दुखाइ, पखाला, वान्ता र केही मामिलामा अत्यधिक रक्तस्राबका कारण सङ्क्रमितको मृत्यु हुन्छ । यस भाइरसले रक्तस्राबी ज्वरो निम्त्याउँछ र यसको मृत्युदर ८८ प्रतिशतसम्म हुन्छ । यो इबोला भाइरस रोग लगाउने भाइरसको परिवारमा पर्छ ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको