रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित : मीनबहादुर विश्वकर्मा

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको टिप्पणी गरेका छन् ।

आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता विश्वकर्माले कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकिर गरे ।

समाजमा जन्मिएको पार्टी भएको हुनाले कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाइ थियो । नेता विश्वकर्माले कांग्रेस प्रचारमा नभई नागरिकको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताए ।

उनले भने, ‘समाजबाट जन्मिएका पार्टीहरू समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरू अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाइ छ । हाम्रो पार्टी समाजमै छ र केही पार्टी सामाजिक सञ्जालमा छन् । प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक नागरिकसँग काम गर्न जाने ?’


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि