रास्वपा सभापति रवि रिहा

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।

जेनजी प्रदर्शनकारीहरुको उग्र प्रदर्शनबीच नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।
मंगलबार अपरान्ह जेनजी प्रदर्शनकारीहरु सभापति लामिछानेलाई रिहा गराउन नख्खुजेल पुगेका थिए । प्रशासनले आफूले रविको सुरक्षा गर्न नसक्ने र आफै लगेर सुरक्षा गर्नुहोला भनेपछि उनको परिवारले जिम्मा लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना नेताले जानकारी गराए । सभापति रविलाई लिन उहाँकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी थिइन् । रबिको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेट पुगेका थिए ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि