रास्वपालाई कांग्रेस सांसदको प्रश्नः ‘१७ हजार दुई कसरी शून्य भयो ?’

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदलाई ‘सरकारमा गएपछि १७ हजार प्लस दुई कसरी शून्य भयो ?’ भनी प्रश्न गरेकी छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाकी सांसद तोसिमा कार्कीले केही समयअघि सरकारको विरुद्धमा बोकेको प्लेकार्डको सन्दर्भमा प्रश्न उठाएकी हुन् ।

‘मलाई थाहा छ, उहाँहरु गणितमा कमजोर हुनुहुन्छ । एक पटक उहाँहरुले प्लेकार्ड बोकेर हिँड्नुहुन्थ्यो, १७ हजार प्लस दुई । अहिले सरकारमा गएपछि १७ हजार प्लस दुई भनेको शून्य भएको छ । एलचएस बराबर आरएचएस शून्य कसरी भयो ?’ उनले प्रश्न गरिन् ।

बालकुमारी घटनामा दुई जना युवा मारिएपछि तोसिमा १७ हजार प्लस २ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएकी थिईन् । तोसिमाको उक्त हर्कतको सर्वत्र आलोचनासमेत भएको थियो ।

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै नेतृ यादवले रास्वपाका अर्का सांसद डा. स्वर्णिम वाग्लेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर नगरेको प्रष्ट पारिन् । उनले डा. वाग्लेलाई ‘तपाईँजस्ता विद्वान कांग्रेसभित्र धेरै छन्’ भन्दै विश्वास नलागे संसद्ले प्रकाशन गरेको सांसद डायरी हेर्न आग्रह गरिन् ।

डा. वाग्लेले कांग्रेसबाट धेरै नियुक्ति, सुविधा दिएर पनि एउटा टिकटको निम्ति पार्टी परित्याग गरेको उनको भनाइ छ । साथै, वाग्लेले कांग्रेसबाट धेरै नियुक्ति र सुविधा पाउँदा पनि पर्खिन नसकेको उनको आरोप छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको