रास्वपाका उम्मेदवार चन्दद्धारा पृथ्वीनारायणको तस्विरमा माल्यार्पण गर्दै घरदैलो सुरु

Monday February 2, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेर चुनावी अभियानको थालनी गरेका छन्। चन्दले राष्ट्र निर्माताको सम्मान गर्दै सोमवारबाट धनगढीमा घरदैलो सुरु गरेका हुन्।

चन्दले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहलाई सम्मान गर्दै मुलुककाे एकता र विकासका लागि मत माग्न सुरु गरेको बताएका छन्। उनले सर्वसाधारणले रास्वपाप्रति सुद्भाव राखेको पाएको दाबी गरेका छन्। उनले भने, ‘हामीलाई मतदाताले खोजिरहेका छन्। उहाँकहरुको प्रतिक्रियाले हामीलाई हौसला मिलेको छ। चुनावी अभियानमा रास्वपा एक ढिक्का भएर लागेको छ।’

अहिले रास्वपाको पक्षमा नागरिक रहेकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्ने एजेन्डा बोकेर मत मागिरहेको चन्दले बताएका छन्। उनले पाँच वर्षको क्यालेन्डर बनाएरै मतदाता माझ जाने बताएका छन्। ‘सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने, सरकारी स्वास्थ्य सेवाको विकास गर्ने, सेतीलाई केन्द्रीय अस्पताल बनाउने, गेटामा आगामी वर्षबाट चिकित्सा शिक्षाको पढाइ सुरु गर्ने लगायतका मुद्दा रास्वपाले उठाएको छ।।’

रास्वपाको मुख्य एजेन्डा नै सुशासन कायम गर्नु भएकाले सुशासन कायम गर्न आफूले मत मागिरहेको र सर्वसाधारणको समर्थन प्राप्त भइरहेको चन्दको दाबी छ। उनले गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने, सबै नागरिकको घर–घरमा स्वच्छ पिउने पानीको पहुँच विस्तार गर्ने, रोजगारी सिर्जना गर्न स्थानीय पालिकासँग मिलेर सङ्घीय सरकारले योजना र कार्यक्रम चलाउनुपर्ने जस्ता चुनावी रास्वपाको रहेको चन्दले बताएका छन्।

 


भर्खर

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण