राष्ट्र बैंकले सरकारलाई आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझायो

Sunday November 17, 2024

पढ्न लाग्ने समय :


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ । आईतवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसमक्ष राष्ट्र बैंकले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन बुझाएको हो । नेपाल राष्ट्र बैंक ऐनको दफा ९१ बमोजिम प्रत्येक आर्थिक वर्षको चार महिनाभित्र वार्षिक लेखापरिक्षण गरी नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन सरकार समक्ष बुझाउनुपर्ने प्रावधान छ । उक्त प्रावधानअनुसार राष्ट्र बैंकले उपप्रधान तथा अर्थमन्त्री पौडेल समक्ष बुझाएको छ । अर्थमन्त्रीलाई वार्षिक प्रतिवेदन बुझाउँदै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन तीन भागमा विभाजन रहेको बताउनु भयो ।

उहाँले पहिलो भागमा मुलुकभित्र र विश्व अर्थतन्त्रको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाको विषयमा उल्लेख भएको बताउनु भयो । उहाँले दास्रो भागमा नेपाल राष्ट्र बैंकका विभागले गरेका काम कारबाहीहरुको विषयमा उल्लेख गरेको बताउनु भयो । उहाँले तेस्रो भागमा नेपाल राष्ट्र बैंकको २०८०÷८१ को वित्तीय अवस्थाको विवरण राखिएको बताउनु भयो । उहाँले राष्ट्र बैंकको पुँजी २० खर्ब ६७ अर्ब पुगेको बताउनु भयो । उहाँले गत वर्षको भन्दा करिव ५ खर्बले पुँजी बढेको बताउनु भयो ।

राष्ट्र बैंकको आर्थिक वर्ष २०८०÷८१को वार्षिक प्रतिवेदनअनुसार विश्व आर्थिक वृद्धिदर सन् २०२४ र २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफद्वारा २०२४ अक्टोबरमा प्रकाशित ‘वल्र्ड इकोनोमिक आउट लुक’ अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ मा कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई १५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई १५९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर १४४० अर्ब ६० करोड रहेको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि