राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशनको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ देखि

Sunday February 23, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने भएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एशोसिएशनले फागुन १६ र १७ गते बेस्ट वेस्टन प्लस होटलमा हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै एशोसिएशनका अध्यक्ष सुवास न्यौपानेले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो । महाधिवेशन निजी विद्यालयसँग जोडिएका नीतिगत एवं व्यवहारिक मुद्दाहरु तथा समसामयिक विषयवस्तुप्रति विशिष्ट ढंगले छलफल गरी निकास दिनेमा केन्द्रित हुने अध्यक्ष न्यौपानेको भनाइ छ । राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीच कतिपय मुद्दाहरुमा देखिएका असमझदारीलाई समेत निराकरण गर्दै अगाडि बढ्न महाधिवेशनले स्पष्ट दिशा निर्देशन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकले नयाँ शिक्षा ऐन पाउन नसक्नु दुःखको विषय भएको बताउनु भयो । प्रविधिको विकाससँगै शिक्षा क्षेत्र पनि अघि बढ्नुपर्ने तर नेपालको शिक्षा नीति ५३ वर्ष पुरानो रहेको जिकिर गर्नुभयो ।

उहाँले राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको बारेमा समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको