राष्ट्रियसभामा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभाका सदस्य गङ्गाकुमारी बेलवासे, जयन्तीदेवी राई, तुलसाकुमारी दाहाल, पूजा चौधरी र विष्णुदेवी पुडासैनीलाई मनोनित गरेका हुन् । मनोनित सदस्यहरुलाई सभाका सदस्यहरुले सहमति दिएका थिए ।

अध्यक्ष दाहालले विषयगत समितिमा रहनुहुने सदस्यहरुको नाम हेरफेर तथा मनोनयन समेत गरेका छन् । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम राष्ट्रियसभाका विषयगत समितिहरुमा रहनुहुने सदस्यको नाम मनोनयन गरेका हुन् ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसद कमला पन्थ, कृष्णप्रसाद पौडेल, घनश्याम रिजाल, जीतगङग बस्नेत, झक्कुप्रसाद सुवेदी, तुलप्रसाद विश्वकर्मा, नारायणदत्त भट्ट, पूजा चौधरी, बामदेव गौतम, भुवनबहादुर सुनार, मनरुपा शर्मा, विमला घिमिरे, विष्णुबहादुर विश्वकर्मा, शारदादेवी भट्ट र सावित्री मल्ल रहेका छन् ।

विधायन व्यवस्थापन समितिमा आनन्दप्रसाद ढुङ्गाना, कृष्णप्रसाद सिटौला, गङ्गाकुमारी बेलवासे, जयन्तीदेवी राई, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, नारायणदत्त मिश्र, डा वेदुराम भुसाल, भगवती न्यौपाने, मिर्गेन्द्रसिंह बस्नेत, राधेश्याम पासवान, विष्णुदेवी पुडासैनी र सुरेशकुमार आले मगर रहेका छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिमा गोपालकुमार बस्नेत, गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, बलदेव बोहोरा, नरबहादुर विष्ट, पदमबहादुर परियार, मदनकुमारी शाह गरिमा, मायाप्रसाद शर्मा, युवराज शर्मा, रेणु चन्द, रुक्मिणी कोइराला, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा विसी रहेका छन् ।

सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उदयबहादुर बोहरा, इन्दिरादेवी गौतम, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, गोपबहादुर सार्की अछामी, जगप्रसाद शर्मा, जगतबहादुर पार्की, दुर्गा गुरुङ, महमत खाँली, राजेन्द्र लक्ष्मण गैरे, विष्णुकुमारी सापकोटा, शेखरकुमार सिंह र सोनामसिंह गेल्जुङ शेर्पा रहेका छन् ।

समितिका सदस्यलाई सभाका सदस्यहरुले सहमति दिएका थिए । समितिका सभापतिको निर्वाचन आगामी चैत ४ गते तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक चैत २ गते ११ बजे बस्ने छ ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको