राष्ट्रपति भेट्न शितल निवास पुगे ओली

Wednesday August 16, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन्। प्रतिपक्षी दल नेतासमेत रहेका ओली केहीबेर अघि राष्ट्रपति निवास पुगेका हुन् ।

राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच संसदमा उत्पन्न गतिरोध विषयमा छलफल भएको जनाइएको छ । लामो समय संसद नचल्दा जनतामा नैराश्यता बढ्ने र नकरात्मक प्रभाव पर्ने भएकोले संसद चल्ने वातावरण बनाउन राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्न यसअघि शितल निवासमै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग पनि छलफल गरिसकेका छन्।

एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग साउन १० गतेदेखि गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना