राष्ट्रपतिद्वारा पशुपतिनाथको पूजा आराधना

Wednesday February 26, 2025

पढ्न लाग्ने समय :


राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथकोदर्शन एवं पूजा,आराधना गर्नुभएको छ ।  बुधवार महाशिवरात्रीको अवसरमा राष्ट्रपतिपौडेलले पशुपतिनाथमा पुगेर दर्शन गर्नुभएको हो । पशुपतिनाथको पूजाआराधनाकासाथै उहाँले प्रसाद ग्रहण समेत गर्नुभयो । शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने रभगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएरपूजा गर्ने गर्दछन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्वकालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमारहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइनेयस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदयगराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज देशभरकाशिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव,कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान